आरएमडीसीको ८१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको छ ।

बिहीबारबाट आफ्नो स्वामित्वमा रहेको ८१ हजार २९४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ ।

सोही मूल्यलाई न्यूनतम आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यसमा प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ । असार २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।