६१ बोरा सुपारीसहित पिकअप गाडी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा  । झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। 

प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट कागजात बिनाको सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भीसीटीएस बिलसहित आवश्यक कागजात नभएको ६१ बोरा सुपारी फेला परेको बताए।

अन्दाजी १० लाख ८३ हजार मूल्य बराबरको २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने १९ वर्षीय आकाश धिमाल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइ सकेको डीएसपी रिजालले बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।