बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र बीमितले ऋण पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा कम्पनीहरुको निमयनकारी निकाय बीमा समितिले बीमालेख धितोमा ऋण लिन पाउने व्यवस्थामा कडाइ गरेको छ ।

जीवन बीमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।

बीमा समितिले सर्कुलर जारी गर्दै बीमालेख अन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमा लेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

 तर, एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने बीमा समितिको सर्कुलरमा उल्लेख छ ।

यस अघि २ किस्ता तिरेमात्रै पनि ऋण लिन पाउने व्यवस्था थियो । एक वर्ष अघिको मितिमा (ब्याकडेट) मा बीमा गर्न पाउने कानूनी व्यवस्था छ ।

यसैलाई टेक्दै एकै पटकमा दुई किस्ता तिर्ने र त्यस लगत्तै बिमितले ऋण लिएको कागज बनाई अभिकर्ताले बीमा गराउने गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।