२५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन प्यान कार्ड अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान)कार्ड चाहिने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वन गर्न एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ५० लाख रुपैयँभन्दा बढीको ऋण लिन प्यान कार्ड अनिवार्य थियो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी रु. २५ लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।