काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक अाज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बस्न लागेको हो।
बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ। शुक्रबारको बैठकमा ओली उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित भएका थिए।
शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। शुक्रबार १८ सदस्यले धारणा राखेका थिए भने शनिबार २१ सदस्यले धारणा राखेका थिए।
Comment