प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल झुन्डिएको अवस्थामा मृत भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन्।

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् । घटना कसरी घट्यो, के भएर घटना भयो खुल्न बाँकी रहेको छ ।

  घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।