काठमाडौं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको हो।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ । 

बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जानबाट रोकिए पछि काठमाडौंमा एक हजार टन भन्दा धेरै फोहर थुप्रिएको छ ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।