सुनको मूल्य कीर्तिमानी उचाईमा स्थिर,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार सुनको मूल्य कीर्तिमानी मूल्यमा स्थिर रहेको छ। मूल्यका आधारमा असार १४ गते आइतबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाली बजारमा आइतबार कीर्तिमानी रेकर्ड कायम गरेको सुन सोमबार सोही मूल्यमा स्थिर बनेको हो। आइतबार भने सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४५ रुपैयाँ तोकेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यसअघि असार १० र ११ गते सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँसम्म पुगर घटेको थियो। नेपाली बजारमा चाँदी असार ८ गते सर्वाधिक मूल्य अर्थात प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।