५३ प्रतिशत रोपाइँ सकियो, गत वर्षको तुलनामा कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  असार  महिना सकिन लाग्दा देशैभरका किसानले ५३ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो ।

देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टरमा रोपाइँ हुन्छ । यो वर्षको असार २९ गते (शुक्रबार)सम्म सात लाख १८ हजार ४७६ हेक्टर जमिनमा रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ ।

हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिममा ८५ प्रतिशत भएको छ भने सबभन्दा कम मधेस प्रदेशमा २८ प्रतिशत रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा ७० प्रतिशत र लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा ४७ प्रतिशत, बागमती प्रदेशमा ४५ प्रतिशत र कोशी प्रदेशमा ५६ प्रतिशत रोपाइँ मात्र भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।