एलओडीमा मदिराले मातेकी नाबालिगलाई कोठा लगेर बलात्कार गर्ने पुरुष कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई लिएर सानेपा पुर्याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ ।

कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १५ वर्षीया किशोरीलाई जेठ ३१ गते सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो । 

सामाजिक सञ्जालमार्फत चिनजान भएका साथीमार्फत किशोरी एलओडी क्लब पुगेकी थिइन्। एलओडीमा मदिराले मातेपछि कोइरालाले ती किशोरीलाई आफ्नो गाडीमा हालेर कोठामा लगेर बलात्कार गरेका थिए।

कोइराला र ती किशोरीबीच राति एलओडी क्लबमा भेट भएको थियो । त्यसअघि उनीहरुबीच भेटघाट भएको थिएन । प्रहरी अनुसन्धानमा कोइरालाले पडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र ७ हजार रुपैयाँमा रात बस्ने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्याएको बताएका थिए ।

यद्यपी कोइरालाले शारिरिक सम्पर्क गरेको भने अस्वकिार गरेका थिए । पीडित किशोरी बुढानिलकण्ठस्थित दिदीको घरमा उदयपुरबाट भेटघाटका लागि आएकी थिइन् ।

सामाजिक सन्जालमार्फत चिनजान भएकी साथीमार्फत त्यस दिन उनी एलओडीमा रमाइलो गर्न पुगेको उनले प्रहरीमा बताएकी थिइन् ।

क्लबमा पीडित किशोरीलाई छाडेर ती साथी हराएकी थिइन् । पीडित किशोरीका अनुसार ती साथीसँग भेटाई दिने भन्दै कोइरालाले गाडीमा हालेर उनलाई लगेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।