मनाङ एयरको हेलिकोप्टर दुर्घटना : ५ जनाको शव फेला पर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  मंगलबार बिहान बेपत्ता भएको  मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटनाग्रस्त अवस्थामा  फेला परेकाे छ।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा पाँच जनाकाे शव फेला परेकाे छ। 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले  अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान नभएको बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।