‘चालु पूँजी कर्जामा बैंक र व्यवसायी दुवैबाट गल्ती भएको छ’- अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाले चालु पूँजी कर्जाको विषयमा बैंक तथा वित्तीय संस्था र व्यापारीबाट पनि केही गल्ती भएको बताएका छन् ।

बिहीबार आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन ।

प्रणालीमा तरलता पर्याप्त हुँदा बैंकहरूले सहज कर्जा दिएको र व्यापारीले पनि सस्तोमा कर्जा लिएर लगानी विस्तार गर्दा गल्ती भएको उनले बताए ।

‘जब बैंकहरूसँग पर्याप्त तरलता थियो त्यो बेला बैंकले पनि लगानीका लागि सहजै ऋण दिए,’ उनले भने, ‘त्यो बेलामा एक्सपान्सनरी रूपमा कर्जा लगानी गर्नु व्यारीहरूको पनि गल्ती हो ।’

आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालु पूँजी कर्जाको विषयमा खुकुलो बनाउनु पर्ने उनले बताए ।मौद्रिक नीति खुकलो हुनुपर्छ भन्ने निजि क्षेत्रका सबै संस्थाको सुझाव भएको उनले बताए ।

‘बेसरेट घट्नु पर्छ । लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा माग भएको छैन । यसैले मौद्रिक नीति मार्फत बैंकको बेस रेट घटाउन राष्ट्र बैंकलाई आग्रह गर्दछु,’ उनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।