काठमाडौ । नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आसार २० गतेबाट (आज) आफ्नो प्रशारण प्रारम्भ गरेको छ । नारीहरुको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभीले आफ्नो मुख्य उदेश्य राखेको छ ।
बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख ३४ हजार ९०० जनसंख्या रहेको सुदुरपश्चिमको बाजुरामा उद्घाटन समारोहका बीच त्यहाँ रहेका १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यानसंगै ३ महिनाका लागि पोट्रिन डाईट औषधीसंगै १०० जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको छ ।
उद्घाटन समारोहमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभिले फरक उदेश्य र महत्व राख्ने सुनाए । उनले अगाडी थपे, “यो टेलिभिजनको संचालक मेरी श्रीमति हुनुहुन्छ, नीकिता पौडेल । उहाँ मिडिया सम्बन्धी अध्यन विदेशमा गरी १४ बर्ष अघिदेखि नेपाली फिल्म क्षेत्रको श्रीवृद्धीमा समप्रित टेलिभिजन च्यानल टिभी फिल्म संचालन गरी रहनु भएको थियो । र, अब महिलाहरुको आवाज बोल्नु पर्छ, समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन संचालनमा ल्याउनु भएको छ । समस्त नारीहरुको आवाज बन्न सकोस् शुभकामना छ ।”
टेलिभिजनले प्रशारण प्रारभ्म गरेसंगै माईती घर र आजको नारी नामक कार्यक्रम प्रशारण थालनी गरेको छ भने नारी समाचार पनि प्रशारणमा आएको छ । बिशेषत् महिलाहरुका हकहित, अधिकारका निमित्त नारी टिभी सदैव क्रियाशिल रहने अध्यक्ष निकिता पौडेलले प्रतिवद्धता व्यक्त गरिन् । उनले टिभी फिल्मीले प्राप्त गरेको दर्शकहरुको मायालाई आत्मसाथ गर्दै नारीहरुको आवाजका रुपमा पहिलो महिला सम्बन्धी टेलिभिजन प्रशारणमा ल्याउन पाउनु आफ्नो भाग्य ठानेको सुनाइन् ।
Comment