राष्ट्रिय सभा बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ।  संघीय संसद भवन बानेश्वरमा मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०” सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । 

यस्तै, विनियोजन विधेयक २०८० का विभिन्न शिर्षकहरुमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित शीर्षकहरुमाथिको छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।