काठमाडौं । भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ।
अफ्रिकाबाट फैलिन शुरू भएको सलह कीरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो। ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ। भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पुर्याएको छ।
सलहको बथान भारत हुँदै नेपाल प्रवेश गरे कृषिबालीमा ठूलो क्षति पुर्याउने आंकलनसहित कृषि मन्त्रालयले केही समयअघि सलहलाई रोक्न विशेष समिति बनाएको थियो। कोरोनाबाट प्रभावित कृषि क्षेत्रमा सलहले थप क्षति पुर्याउनसक्ने भन्दै विज्ञहरूले समयमै सचेत हुनुपर्ने सुझाव दिएका थिए।
के हो सलह किरा ?
सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ ।
किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् ।
यो करोडौंको संख्यामा आउँछ । यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ ।
Comment