काठमाडौँ उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। 

उनको अनुसार संक्रमितमध्ये काठमाडौँका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र तीन पुरूषमा गरी चार र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।

संक्रमित ९ जनाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा २ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।