काठमाडौं । बैंकर डा बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को विमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा मदन विष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समीक्षा गरेका थिए ।
पुस्तकमा पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरी विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक विषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईर्ष्या, धर्य, ब्यवहार, एस्म्यमान लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।
पुस्तकमा उँटले आफ्नो जीवनको निरन्तरताका लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्विनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तेन्दुल्कर, सनथ जयासूर्या, शेन वार्न, नवोजोदसिंह सिद्धु, अमिताभ बच्चन जस्ता हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।
Comment