नेपालमा मनसुन भित्रियो : महाशाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। 

यसअघिका वर्षहरूमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । मनसुन जेठ २६ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो।

सामान्यभन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको भएपनि यसपालीको मनसुनमा नेपालभरि सामान्य वा औसत वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।