इप्पानको नयाँ नेतृत्वका लागि कार्की समूहकाे प्यानल घाेषणा,को को छन उम्मेदवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुकाे संस्था नेपाल (इप्पान) काे नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घाेषणा गरेको छ।

साेमबार काठमाडौंको आरण्य बुटिक हाेटलमा आयाेजित कार्यक्रममा कार्कीले आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका हुन् ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माेहनकुमार डाँगी उम्मेदवार छन् भने पाँच उपाध्यक्षहरुमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लाेन लामाले उम्मेदवारी घाेषणा गरेका छन् ।

संस्थाकाे महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलालले उम्मेदवारी घाेषणा गरेका छन् । संस्थाकाे सचिवका लागि भरत खड्का, विक्रम बिष्ट र भरत नेपालले उम्मेदवारी घाेषणा गरेका छन् भने काेषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घाेषणा गरेका छन् ।

इप्पानकाे नयाँ नेतृत्वका लागि मंगलबार मनाेनय दर्ता हुँदैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।