काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन्
बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएका हुन् ।
नेविसंघ त्रिवि इकाईका एक पदाधिकारीका अनुसार नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । इकाईले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न पदाधिकारीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति बाँस्कोटाले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरिएको भन्दै नेविसंघले असन्तुष्टि जनाएको थियो ।
Comment