बहुरंगी प्रचण्ड: भैंसी पूजा, दौरा सुरुवालहुँदै गेरुवस्त्रसम्मको अवस्था बाध्यात्मक कि स्वेच्छिक?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिने भारत भ्रमणका क्रममा शुक्रबार मध्यप्रदेशको उज्जैनमा गेरुवस्त्र धारण गरेर महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष र ५१ हजार दक्षिणा चढाएर दृष्य अहिले सर्वाधिक चर्चाको विषय बनेको छ।

विगतमा प्रधानमन्त्री  दाहालकै नेतृत्वमा भएको जनयुद्धमा नेपालका मठ मन्दीरहरुमा गरिएको उद्धण्डता र धार्मिक कार्यमा संलग्नमाथिको अभद्र व्यवहारले भने दाहालको अहिलेको दृष्यले आश्चर्यचकित तुल्याएको छ।  

हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको कहिल्यै दर्शन नगरेका प्रधानमन्त्रीलाई राजनीतिक र अध्यात्मिक साथ पनि भारतकै अपरिहार्य ठानेर गरिएको हो कि भन्ने आशंकाले देशवासी हिन्दु धर्मावलम्बीहरुलाई सोचमग्न बनाएको छ। 

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई धार्मिक भेषभुषामा रहँदै महाकालेश्वरको पूजापाठ गर्ने अवस्था बाध्यात्मक हो या  स्वेच्छिक? प्रश्न निकै पेचिलो तवरले तेस्रिएको छ। 

जनयुद्ध कालमा सामन्तहरुले लगाउने भन्दै दुत्कार्ने उनी आज संसदीय राजनीतिमा अवतरण भएसँगै तेस्रो पटक प्रधानमन्त्री बन्दा उनमा दौरा सुरुवाल मोह बढेको छ।

यस पटक प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएर शपथ लिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।