बढ्यो गलैँचा निर्यात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पछिल्लो समय गलैँचा(कार्पेट) निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो । 

चालु आ.व.को वैशाखसम्म नौ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ, जुन गत आ.व.को सोही अवधिको तुलनामा एक अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी हो । 

गत आवको वैशाखसम्म नेपालबाट सात अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो । कार्पेट निर्यात खासगरी अमेरिका, जर्मनी जस्ता देशहरुमा हुने गरेको छ । 

सरकारले गलैचा निर्माणका लागि आवस्यक कच्चा पदार्थ आयातमा भन्सार छुट गर्न सके गलैचा निर्यात अझ बढ्न सक्ने उद्योगीहरुको भनाई छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।