आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखी मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले बुधबार तुलसीको दल (बीउ) राख्दैछन्।

निर्जला एकादशीमा जलरहित (पानीसमेत नपिई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।

यो दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।

यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा मनाउँछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।