नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : सुजाता कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको बताएकी छन्।

यो प्रकरणमा सुजाताको सचिवालयमा बसेर काम गरेका मोरङका केशव दुलाल पनि प्रमुख योजनाकारको रूपमा पक्राउ परेका कारण उनले यस्तो प्रष्टीकरण दिएकी हुन्।

बुधबार गृहनगर विराटनगर पुगेकी कोइरालाले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन। निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’

अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बद्नामी हुने गरी यो प्रकरण अघि बढेकोले सबै सचेत हुनुपर्ने उनको भनाइ थियो। ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे विभिन्न देशमा चासो भएको छ। मलाई समेत देशविदेशबाट साथी, इष्टमित्रले प्रश्न सोध्ने गर्नुभएको छ। हाम्रो मुलुकको छविलाई उच्च बनाउन सबैले राम्रो कार्यलाई मात्र प्रश्रय दिनुपर्छ,’ कोइरालाले भनिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।