कांग्रेस नेता रमेश लेखकद्धारा कञ्चनपुरमा ४ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको तर्फबाट चार लाख बरोबरको स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक कार्यक्रमका बिच शुक्रवार प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको छ् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति क्षेत्र नं। ३ का सभापति गोपाल भट्टले उक्त स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी खतिवडालाई हस्तान्तरण गरेका हुन् । काठमाडौंबाट पुर्व मन्त्री लेखकले जिल्लाका स्वास्थ्यकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त स्वास्थ्य सुरक्षा सामाग्री पठाएको रमेश लेखकको सचिवालयले जनाएको छ् ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले नेता लेखकले पठाएको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारलाई स्वास्थ्यकर्मीलाई समानान्तर ढंगले वितरण गर्न भन्दै बुझाएको जनाएका छन् ।

पिपिई सेट ५६ थान, सर्जीकल मास्क दुई सय थान, एन–९५ २० थान र सेनिटाइजर १० लिटर सहयोग स्वरुप वितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नं। ३ ‘ख’ का सभापति भट्टले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेंसका जिल्ला सभापती हरी बोहरा, क्षेत्रिय सभापती गोपाल दत्त भट्ट, नेपाली काग्रेंसका प्रदेश सभा उम्मेदवार तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर राना, नेपाली काग्रेंस पुर्व केन्द्रिय सदस्य यज्ञराज जोशी, नेपाली काग्रेंस जिल्ला सचिव दिवाकर पाँण्डे, जिल्ला सचिव शंकर चन्द लगाएतको उपस्थिती रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।