महोत्तरीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 महोत्तरी। महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन्। लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।