काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार मौसम सामान्यतया बदली रहने जनाएको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जरूरी छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति देशभर पूर्णतया बदली रहने छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

		    		
Comment