भ्रष्ट्राचार गर्ने को नेता हो ? थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले सडकमा भ्रष्ट्रचार विरुद्ध गरेको आन्दोलनको नाटक आफूले धेरै पटक देखेको उल्लेख गर्दै आफूले अब नपत्याउने टिप्पणी गरे ।

बालेनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई नभई भन्दै सिधै कारबाही गर्न जिताएको भनेका छन् ।

उनले भ्रष्टाचार गर्ने नेता को हो, घर कहाँ हो भन्दै प्रश्न गरेका छन् । उनले भ्रष्टाचार गर्ने नेता को हो भन्ने थाहा छ भने सिधै बागमतीमा लगेर चोपल्न भनेका छन् ।

फेसबुकमा लेख्दै बालेनले भनेका छन्ः

भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस ।

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउदिन म चही ।

तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।