पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर टाँसे कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न सचेत गराएको छ ।

सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

कम्पनीहरुले गरेको उक्त कार्य सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने)  ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ । 

अन्यथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र  जरिवाना हुने सूचनामा उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।