प्रतितोला ३०० बढ्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ। 

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख  १० हजार ९०० मा कारोबार भएको थियो। यसअघि २१ वैशाखमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० पुगेको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।