कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने गोरखाका तामाङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी ३१ लाख ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए।

तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए। 

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।