थपिए ४२ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेशका चार जिल्लाका ४२ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।