थप १११ जनामा कोरोना पुष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १११ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १४७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ६० जना संक्रमणमुक्त भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ९० हजार ४६२ पुगेको छ ।

हाल देशभर ३७८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।