नक्कली नोटसहित एक महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा  । धनुषा प्रहरीले एक महिलालाई झण्डै ८ लाख नक्कली नोटसहित पक्राउ गरेको छ । प्रहरीले महिलालाई जनकपुरधामबाट ७ लाख ७१ हजार नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका– ६ की २५ वर्षीया अनुकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले पक्राउ परेको महिलाको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।