कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विगत ६ महिनादेखि अनेक अडकलबाजी तथा हल्ला पछि वेलायतका वैज्ञानिकहरुले कोरोनाभाइरसमा प्रभावकारी औषधी फेला पारेका छन् ।

विश्व स्वास्थ्य संगठनदेखि विकसित मुलुकका अनेकौं कम्पनी तथा प्रयोगशालाहरु खोपको विकासमा लागिरहेका बेला वेलायतका विज्ञहरुले डेक्सामेथासोन नामक औषधी कोभिड १९ को उपचारमा उपयोगी हुने बताएका हुन् ।

यसले गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन उल्लेख्य सफलता मिलेको बीबीसीले बताएको छ ।

हालसम्म गरिएका अनुमानहरुको तुलनामा अकल्पनीय सस्तो रहेको सो औषधीले भेन्टिलेटर र अक्सिजनको सहायतामा राखिएका बिरामीको ज्यान बाँच्न सक्ने संभावना बढ्ने बताइएको छ ।

वेलायतले सुरुदेखि नै यस औषधिको प्रयोग गरेको भए कम्तिमा ५ हजार मानिसको ज्यान जोगाउन सकिने विज्ञहरुले अनुमान गरेका छन् ।

भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एक र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान जोगाउन सकिने बीबीसीले बताएको छ ।

कोरोनाभाइरसको उपचारको अनुसन्धानमा डेक्सामेथासोन उपयोगी हुन्छ भन्ने थाहा पाउनु उपलब्धी भएको विज्ञहरुले बताएका छन् । कम मूल्यमै उपलब्ध हुने भएकाले विकासशील मुलुकहरुका लागि यो खासरुपमा प्रभावकारी हुने छ ।

१९६० देखि नै प्रयोगमा आएको यो पुरानो औषधि हो जुन दम र रुमटोइड आर्थराइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । यो इन्जेक्सन र चक्की दुवै रुपमा प्रयोग गर्न सकिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।