चितवनमा मृत भेटिए गैंडाका दुई बच्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् । खाग नै नपलाएका गैंडाका दुईवटा बच्चा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पश्चिम क्षेत्र अमलटारीको मर्दी घोलमा एउटा र माडी बगइ रिउ खोला आडमा गैंडाको अर्को बच्चा मृत फेला परेको हो । सोमबार निकुञ्जको टोलीले गैंडाका ती बच्चा मृत भेटाएको थियो ।

२७ गते सोमबार मध्याह्न साढे १२ बजेतिर निकुञ्जको पश्चिम क्षेत्र अमलटारी मर्दी घोलको नरायणी नदीको भंगालोमा गस्ती टोलीले गैंडाको सात महिना जतिको केटी (बच्चा) मृत फेला पारेको थियो । खाग पनि नपलाएको सो गैंडाको बच्चालाई भाले गैंडाले आक्रमण गरेर मारेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

त्यसैगरी २७ गते नै माडी नगरपालिका-९ बगइ रिउ खोला आडको काँसघारीमा अन्दाजी ६ महिनाको गैंडाको बच्चा मृत भेटिएको छ । गैंडालाई बाघले आक्रमण गरेर मारेको सूचना अधिकारी तिवारीले बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।