नेपाल प्रेस युनियनको जिल्ला अधिवेशन वैशाख १६ देखि ३१ सम्म गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रेस युनियनले जिल्ला अधिवेशनको मिति तोकेको छ । बुधबार बसेको युनियन सचिवालयको बैठकले जिल्ला अधिवेशनको मिति तोकेको हो । सचिवालयका अनुसार आगामी वैशाख १६ देखि ३१ गतेसम्म देशका ७७ वटै जिल्ला शाखाको अधिवेशन गर्ने निर्णय गरिएको छ । 

हाल जिल्लाबाट सदस्य नवीकरणको काम अन्तिम चरणमा पुगेको छ । धेसैजसो जिल्लाबाट सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरी केन्द्रमा पठाइसकिएको छ । केही जिल्ला बाँकी छन् ।

युनियनले हालै सातवटै प्रदेशको अधिवेशन पनि सम्पन्न गरेको थियो । उपत्यका तथा एसोसिएट्स प्रदेशको भने प्रदेश अधिवेशन हुन बाँकी छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।