झापामा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय पुरूष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा ।  २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति  जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका

प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।