नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका नाइके दुलालसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा नेपाल प्रहरीले ललितपुरबाट केशव दुलाललाई पक्राउ गरेको छ। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले दुलाललाई आइतबार नियन्त्रणमा लिएको हो। 

कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार दुलालले ८१ जनालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ। दुई जनाले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानको लागि दुलाललाई पक्राउ गरिएको जानकारी राठौरले दिए।

दुलालले ८१ जनाबाट १३ करोड ६३ लाख उठाएको प्रहरीमा पीडितले बताएका छन् । कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला दुलाल उनका सहयोगी थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।