मेचीपुलमा नेपालको नयाँ नक्सा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेची । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र  लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा आज सो स्थानमा नक्सा राखिएको हो ।

सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । 

सो अवसरमा सांसद बुढाथोकीले  राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो ।–रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।