भारतले नेपालमा कोरोनाको बाढी नै पठायो : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री ओलीले भारतबाट रेल तथा बसमा खाँदिएर मानिसहरु आएकाले नेपालमा संक्रमण बढी फैलिएको  बताएका छन् ।

बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा भारतबाट रेल तथा बसमा खाँदिएर मानिसहरु आएकाले नेपालमा संक्रमण बढी फैलिएको बताए । गैर आवसिय नेपालीको उदाहरण दिदै ओलीले नेपालमा मृत्युदर अत्यान्तै कम भएको बताए ।

ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा पिक हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताए। तर, यस बीचमा आउने दशैं, तिहारजस्ता चाँडवाडका कारण केही समय फैलन सक्ने पनि बताए।

उनले भने, अहिले पनि कोरोना संक्रमण भारतबाट आउनेमा नै देखिएको छ । ‘आउँदा आउँदै ट्रेनमा कोचिएको कारण, असजिलो गरी आएको कारणले नेपालको क्वारेन्टिनमा आउने बित्तिकै मासिनको मृत्यु भएको छ, यो नेपालमा आएर कोरोना लागेर मृत्यु भएको हैन उतैबाट आएको हो’, प्रधानमन्त्रीले भन्नुभयो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।