३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खस्यो, २ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट । सीमाबाट उद्धार गरिएका ३९ नेपाली बोकेर क्वारेन्टिनतर्फ जाँदै गरेको ना ८ ख ५१३३  टिपर दुर्घटना भएको छ । 

टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार घटनामा ४ जना गम्भीर घाइते भएका छन्। कर्णाली करिडोरअन्तर्गत लालीघाटको भीरबाट टिपर नदीमा खसेको थियो।

आज बिहान करिब १० बजेर २० मिनेटमा टिपर नदीको खसेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।