सञ्चारकर्मी खनालले ल्याए इतिहास सम्झाउने राष्ट्रिय गीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारकर्मी चुरामणि खनालले नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगत सम्झाउँदै राष्ट्रिय गीत सार्वजनिक गरेका छन् ।

“नबिर्सौं वीरताको गाथा” शीर्षकको राष्ट्रप्रेमले ओतप्रोत गीतमा चुरामणि खनालकै शब्द र संगीत रहेको छ । आवाजमा उनलाई मनिका विश्वकर्माले साथ दिएकी छिन् ।

बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक गीतमा पुर्खाले देखाएको वीरता सम्झिएर नेपालको सीमा रक्षा गर्नुपर्ने भाव छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्शा सार्वजनिक गरेलगत्तै सार्वजनिक भएको गीतमा पनि सीमा रक्षाका लागि नेपालीहरुलाई अपिल गरिएको छ । यो आफ्नो पहिलो गीत राष्ट्रिय गीत भएको र आगामी दिनमा पनि राष्ट्रभक्तिका सिर्जनामा लागिरहने  सर्जक चुरामणि खनालले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।