आठ केजी गाँजा लुकाई राख्ने धरानबाट एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । धरान उपमहानगरपालिकावाट ८ किलो गाँजासहित एक पक्राउ परेका छन ।धरान उपमहानगरपालिका– ६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका–३ का ५० वर्षीय लाल बहादुर लिम्वुलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । उनी माथी थप छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।