कस्ताे छ शुक्रबारकाे माैसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । देशमा हाल उल्लेखनीय वायु प्रणाली नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाकाे भनाइ छ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, शुक्रबार राती  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।