कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।