गठबन्धनमा किचलो बढ्यो, एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुन्छ : नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएको ताएका छन् ।

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले एउटै पार्टीको स्वेच्छाचारिता रोक्न पनि एमालेलाई राष्ट्रपति दिन नहुने,राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ । हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन ।’

उनले सत्ता गठबन्धनमा किचलो बढ्दै गएकोले सतर्क हुनुपर्ने बेला आएको समेत बताए । ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ । हामी सबैले सङ्केत पाइसकेका छौँ,’ उनले भने, ‘अब हामी सतर्क बन्नुपर्छ ।’

उनले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने तर्क गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।