हिमालयन र सिभिल बैंकको फागुन १२ देखि एकीकृत कारोबार, तीन दिन सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि हुने भएको छ ।

सिभिल बैंकलाई प्राप्ति सम्झाैतापछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार फागुन १२ गतेदेखि सुरु गर्न लागिएको हो।

प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाडाैं कमलादीमा रहने जनाइएकाे छ । एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेछन्।

सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहनेछन्। सिभिल बैंकका शाखा कार्यालयहरु फागुन ७ गते आइतबारसम्म सुचारु रहनेछन्।

दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिइसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।