सञ्चारमन्त्रीद्वारा एनटिभीको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको मंगलबार निरीक्षण गरेकी छिन् । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उनलाई जानकारी गराएका थिए ।

सोही क्रममा मन्त्री शर्माले मंगलबार नै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरीक्षण गरिन । निरीक्षणका क्रममा उनले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे लक्षित वर्गलाई जानकारी दिनेजस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गरिन।

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले संस्थालाई आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका लागि आफूहरू लागिपरेको बताउँदै टेलिभिजनका कार्यक्रम तथा समाचार सामग्रीमा परिमार्जन गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।