गोरखामा एकैदिन १० जनामा कोरोनो पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखामा एकै दिन १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गोरखाको गण्डकी गाँउपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ बर्षका गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको हो । कोरोना देखिएका सबै पुरुष हुन ।

संक्रमितमध्ये गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्बुङको क्वारेन्टिनमा चार\ चार जना र १ जना ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका छन् ।

उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा शनिवार भएको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूलाई आजै जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा लैजाने तयारी गरिएको गण्डकी गाउँपालिका ८ का वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनीहरु सबै जेठ १२ पछि भारतबाट आएको हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।